वि.सं.२०८३ साउन ११ सोमवार

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

khanepani

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । बर्षाले प्रभावित यो खेल ढिलो गरि शुरु हुन लागेको हो ।

नेपालका कप्तान रोहित पौडेलले यस खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको थियो ।

त्यस्तै नेपालसँगको खेल जितेको नामिबियाले भने नेदरल्याण्डससँगको खेल भने हारेको थियो । नेपाल र नामिबियाबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ६ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ ।

ranechhap