काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने भएको छ।
भोलिदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोर, बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन्।
कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो। जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन्।
यसअघि हिजो मात्रै प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञहरुसँग गरेको परामर्शका क्रममा केहीले जोर/बिजोर प्रणालीबाटै सवारी साधन सञ्चालन गर्न सुझाव दिएका थिए।
त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ।









































