काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा २१ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, कर्णालीमा २ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।







































