वि.सं.२०८३ साउन २१ बिहीवार

पहिरोपछि अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा

khanepani

बुटवल । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक पहिरो खसेपछि आज बिहान करिब १० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरी गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुईतर्फी यातायात सञ्चालन हुन भने अझै केही समय लाग्ने जनाइएको छ। सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवल आउने सवारीसाधन प्रभावित भएका छन्।

यात्रुलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था भए सोहीअनुसार यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ranechhap