वि.सं.२०८३ साउन २२ शुक्रवार

सर्वोच्चको आदेशपछि विश्वप्रकाशको प्रतिक्रिया– विशेष महाधिवेशनको तथ्यलाई पुनः प्रस्तुत गर्न तत्पर छौँ

khanepani

काठमाडौंं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संयम र परिपक्वतासाथ विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुन प्रस्तुत गर्न आफूहरू तत्पर रहेको बताएका छन्।

आधिकारिकता विवादमा सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवाले दिएको पुनरवलोकन निवेदन अघि बढ्ने भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुङ्ग्याइसकेको विषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहस पश्चात् न्यायिक निरूपण भइसकेकै थियो।

यद्यपि पुन परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढङ्गले उजागर गर्न पक्कै मद्दत पुर्‍याउनेछ।

उनले अदालतमा विशेष महाधिवेशनको तथ्य पेस गर्न स्पष्ट, खुला र तत्पर रहेको बताए।

ranechhap