काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४ हजार ५ सय रुपैयाँले घटेको छ । जसअनुसार आज छापावाला सुनको मूल्य तोलाको २ लाख ९४ हजार कायम भएको छ । यसअघि शुक्रबार भने सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भन चाँदी तोलाको ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।







































