वि.सं.२०८३ भदौ १ सोमवार

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

khanepani

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा रहेका थिए ।

मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमतीमा सरकारको नेतृत्व एमाले र नेकपाबीच भएको सहमति अनुसार एमालेले गर्ने भएको छ ।

ranechhap