वि.सं.२०८३ भदौ १ सोमवार

बाढी पहिरोमा मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

khanepani

काठमाडौ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले गत २७ साउनमा रोल्पामा गएको पहिरो गई १३ जनाको मृत्यु भएको उल्लेख गरे।

सांसद पुनले साउन २८ गते सुनसरी गाउँपालिकाको ग्राम क्षेत्रमा थप थप ४ जनाको मृत्यु भएको बताए।

३० साउनमा पहिरोमा परी एक जनाको मुत्य भएको उनले उल्लेख गरे।

सांसद पुनले पुनले सो विषयमा प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेरै ध्यानाकर्षण गराएको समेत बताए।

उनले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेको उपचारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

त्यसैसरी नेकपा सांसद बलावती शर्माले मनसुन सक्रिय भएसँगै बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको तथा घर पहिरोको उच्च जोखिममा परेको बताए।

उनले पहिरोका कारण धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र टिका घर्तीको घरमा क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले पहिरो र बाढीको जोखिम नियन्त्रणका लागि तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराए। उनले प्रभावितको बासस्थानको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी सांसदहरुले बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेको भन्दै उक्त समस्याको हल गर्न समेत सरकारको ध्यानाकर्षण गराए।

ranechhap