वि.सं.२०८३ वैशाख ६ आइतवार

नर्भिक अस्पताल लगिएका पूर्वयुवराज पारस शाहको उपचारपछि नर्मल वार्डमा सार्ने तयारी

khanepani

काठमाडौं । मुटुको समस्याका कारण विहान नर्भिक अस्पताल लगिएका पूर्वयुवराज पारस शाहको उपचारपछि नर्मल वार्डमा सार्ने तयारी भइरहेको छ।

उनको मुटुमा केही वर्ष अघि जडान गरिएको पेस मेकरले काम गर्न छोडेपछि आकस्मिक उपचारका क्रममा उनलाई बिहीबार विहान ९ बजे थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

यस अघि पनि उनको उपचार त्यहीँ भएको थियो । नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादव भट्ट नै अघिल्लो पटक पूर्वयुवराज शाहको उपचार गरेका कारण यसपटक पनि उनकै नेतृत्वमा पेस मेकर फेरिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए ।

पेस मेकर फेरेपछि दुई घण्टा अब्जर्बमा राखेर अब नर्मल वार्डमा सार्ने तयारी भइरहेको उनले बताए ।

‘अहिले उहाँको स्वास्थ्यस्थित सामान्य भइसकेको छ’, उनले भने ।

ranechhap