वि.सं.२०८३ वैशाख ६ आइतवार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै,पहिलो अधिवेशनबारे छलफल

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो ।

कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् ।

‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर खबर आएको छ ।’

प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुन गइरहेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।

दोस्रो दलको हैसियतमा रहेको कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् ।

ranechhap