काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले भेटवार्ता गरेका छन्।
मङ्गलवार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर तीन प्रदेशका प्रमुखले उपराष्ट्रपतिसँग सामूहिक भेट गरेका हुन्।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।









































