वि.सं.२०८३ असोज ४ आइतवार

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन समिति गठन गर्दै

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको अध्ययन गर्न विज्ञ समिति गठन गर्ने भएको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले अध्ययन समिति गठन गर्न लागेको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले मंगलबार समिति गठन गर्ने तयारी रहेकाे एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार आजको बैठकले संयोजक मात्रै तोकेर बाँकी सदस्य यथाशीघ्र चयन गरेर संविधान संशोधनबारे अध्ययन गर्ने तयारी छ ।

ranechhap