वि.सं.२०८३ वैशाख १८ शुक्रवार

४९ हजार ६ सय ३१ मत ल्याएर बर्दिया १ मा रास्वपाका ठाकुरसिंह थारु विजयी

khanepani

रुपन्देही । बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु फराकिलो मतान्तरमा विजयी भएका छन् । थारु एमालेका शालिकराम अधिकारीलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

थारुले कूल ४९६३१ मत पाउँदा एमालेका शालिकराम अधिकारीले १४६४३ मत पाएर दोस्रो भएका छन् भने निवर्तमान सांसद रहेका कांग्रेस नेता संजय गौतम १२७२२ मतका साथ तेस्रो भएका छन् ।

त्यसो त बर्दियाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदारहरु विजयी भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारुले जितेका छन् भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले जितेका छन् ।

क्षेत्र नं २ मा भने श्रीधर पोखरेल विजयी भइसके पनि निर्वाचन कार्यालयले अन्तिम घोषणा गरेको छैन । उनी प्रतिस्पर्धीभन्दा धेरै मतान्तरमा अघि रहेका छन् ।

ranechhap