काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ३ हजार ५०० रुपैयाँले र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।








































