वि.सं.२०८३ वैशाख ३ बिहीवार

अब बस्ने प्रतिनिधिसभाको बैठक संसद भवनमै बस्ने, निर्माणको काम तीव्र

khanepani

काठमाडौं । अब बस्ने प्रतिनिधिसभाको बैठक संसदभवन भित्र बस्ने भएको छ । सोही अनुसार अहिले भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पूर्णरुपमा क्षति भएका कारण अबको प्रतिनिधिसभाको बैठक सांसदभवनमा बस्ने भएको हो ।

हाल प्रतिनिधि सभाको निर्वाचन सम्पन्न सम्पन्न भएसँगै देशभरको मत परिणाम पनि धमाधम सार्वजनिक भइरहेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

विभागका अनुसार निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिलेनै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधिसभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ।

हाल सिंहदरबार भित्र निर्माण गरिएको संसद भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ । संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ ।

कुल ५ अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए ।

ranechhap