वि.सं.२०८३ वैशाख ७ सोमवार

प्राप्तिको आधार भरपर्दो नभए स्वामित्व दिगो हुन्न : कांग्रेस नेता विश्वकर्मा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्राप्तिको आधार भरपर्दो नभए स्वामित्व पनि दिगो नरहने टिप्पणी गरेका छन् । मंगलबार बिहान विश्वकर्माले फेसबुकमा यस्तो लेखका हुन् ।

‘जीवनमा प्राप्ति मात्रै सम्पूर्ण होइन । निष्ठा, त्याग र समर्पण र धैर्यता पनि सफल जीवनका आधार हुन्,’ विश्वकर्माले लेखेका छन्, ‘प्राप्तिको आधार भरपर्दो छैन भने स्वामित्व पनि दिगो हुँदैन । समय सधैँ एकैनास रहदैन । कर्म गरौँ, धैर्य गराँ ।’

यस्तै उनले आँधी हुरी जस्ता विपदले मानिसलाई धेरै अत्याउने तर पछि आफैं हराउने कुरा पनि लेखेका छन् । ‘केही क्षति अवश्य गराउँछन्, तर ती सबै समयसँगै हराउँछन्,’ विश्वकर्माले अगाडि लेखेका छन् ।

ranechhap