काठमाडौं । नेपालका कृषि युवा वैज्ञानिक डा. मुक्ति राम पौडेल भारतको चर्चित विश्वविद्यालय जवाहरलाल नेहरू विश्वविद्यालयमा स्पेशल सेन्टर अफ न्यानो साइन्समा स्पिकरको रुपमा उपस्थित हुँने क्रममा उनलाई सम्मान गरिएको हो। डा. पौडेल नेपालका युवा गहुँ बाली विशेषज्ञ हुन्।
उनले नेपाल र भारतका विभिन्न ठाउँहरुमा काम गरिरहेका छन्। केही समय पहिला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा कार्यरत नेपाली युवा वैज्ञानिक र प्राविधिज्ञहरूको प्रोत्साहन तथा सम्मानको लागि स्थापित ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८२’ बाट डा. मुक्तिराम पौडेललाई गहुँ बालीमा सुख्खा र उच्च ताप सहन सक्ने नयाँ जातको विकासमा योगदानका साथै रोग–किरा व्यवस्थापन र कृषकलाई प्राविधिक सहजीकरण मार्फत उत्पादन वृद्धि तथा सुरक्षा सुनिश्चित गर्नुका साथै बालीको व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउनु भए वापत सम्मान गरिएको थियो।
उनि हाल त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पक्लिहवा कृषि क्याम्पसको प्रध्यापक छन्।









































