काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु भएको छ । यससँगै उम्मेदवारहरू भृकुटीमण्डपमै परिणामको पर्खाइमा छन् ।
तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगको तयारी छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।









































