वि.सं.२०८३ भदौ १४ आइतवार

आज दिउँसो कोशीको पहाडी भेगमा हल्का वर्षा, राति देशभर मौसम सफा रहने

khanepani

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

ranechhap