काठमाडौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
२ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् । प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा गरी ७ सय ३४ जनाको शव फेला परेको छ ।
जसमध्ये सबै भन्दा बढी चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ ।
अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूमा विभिन्न मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ ।







































