वि.सं.२०८३ असार १८ बिहीवार

नेकपा एमालेको पार्टीमा ६ लाख ६२ हजार ९६१ सदस्य नाघ्यो, कुन प्रदेशमा कति ?

khanepani

काठमाडौं । नेकपा एमालेले पार्टीमा ६ लाख ६२ हजार ९६१ सदस्य रहेको जनाएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा क्रियाशील सदस्य संख्या सार्वजनिक गरेका हुन् ।

महासचिव पोखरेलका अनुसार कोशीमा १ लाख १४ हजार ७१०, मधेशमा १ लाख ५६ हजार ४१, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२ सदस्य रहेका छन् ।

यस्तै, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

ranechhap