वि.सं.२०८३ असार १८ बिहीवार

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुख दिने २३ जना पक्राउ

khanepani

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुख दिने २३ जनालाई पक्राउ गरिएको छ ।

सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख-हैरानी दिएको भन्ने जनगुनासोका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा गरिएको अनुगमनका क्रममा यस्ता गतिविधिमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ ।

सादा पोसाकमा खटिएका ट्राफीक प्रहरीलाई समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको हो ।

ranechhap