वि.सं.२०८३ असार १८ बिहीवार

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त

khanepani

काठमाडौँ । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंह बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् । सिंहले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आफू नियुक्त भएको खबर आएको बताए ।

मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा ८ जनाको आवेदन परेको थियो ।

ranechhap