वि.सं.२०८३ भदौ २४ बुधवार

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु रामेछापको संयोजकमा युवराज सुनुवार चयन, पुष्कर बने इन्चार्ज

khanepani

रामेछाप । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु रामेछाप जिल्लाको नेतृत्व पुनर्गठन भएको छ ।

अखिल केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै रामेछाप जिल्ला संयोजकको जिम्मेवारी युवराज सुनुवारलाई दिएको छ । यस अघिका अध्यक्ष पुष्कर भट्टराई हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि सो पद रिक्त थियो ।

केन्द्रीय सचिवालय बैठकले रिक्त पदमा यसअघिको कमिटीका सचिव सुनुवारलाई संयोजक तोकेको हो । भट्टराईलाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सह-संयोजकको जिम्मा गोपाल तामाङलाई दिइएको छ । संयोजक सुनुवार लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँका हुन् भने अखिल केन्द्रीय अध्यक्ष डा. सुजन कडरिया पनि सोही गाउँपालिका ६ का बासिन्दा हुन् ।

ranechhap