वि.सं.२०८३ वैशाख १९ शनिवार

रेशम चौधरीलाई प्रश्न, श्रीमती रञ्जितालाई हटाएर बुबालाई अध्यक्ष बनाउन लाग्नुभएको हो ?

khanepani

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रञ्जिता चौधरी श्रेष्ठले पार्टीको कार्यवाहक तोकेको आफूलाई मन नपरेको बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठेपछि बैठकमा आएर प्रष्टीकरण दिनुको सट्टा विधान विपरीत कार्यवाहक तोकेको बताए ।

श्रीमती समेत रहेकी श्रेष्ठबारे उनले भने, ‘रञ्जिताजीले केन्द्रीय समितिको बैठक बोलाएर प्रष्टीकरण दिनुपर्थ्यो । कार्यवाहक अध्यक्ष तोकेको विषयमा मलाई म परेको छैन। र धेरैको चित्त दुखेको छ । विधान विपरीत गरिएको छ । केन्द्रीय समितिबाट अनुमोदन गराएर गर्नुपर्थ्यो। त्यसैले त्यो विषयमा पार्टीमा छलफल हुनुपर्‍यो ।’

उनले श्रेष्ठलाई अध्यक्षबाट हटाउने कि के गर्ने बैठकले निर्णय गर्ने बताए । उनले आजको यो परिस्थिति अध्यक्ष श्रेष्ठ नै जिम्मेवार रहेको बताए ।

श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष बनाउन खोजेको चर्चाबारे उनले थपे, ‘त्यो छलफल चलेको छैन । छलफलमा साथीहरूले आफ्नो मत व्यक्त गरेपछि बुबालाई अध्यक्ष बनाउने कि नबनाउने भन्ने थाहा हुने कुरा हो । मेरो व्यक्तिगत धारणा उहाँलाई नै बनाउनुपर्छ भन्ने होइन । तर जनताको माग के हो हामीले हेर्नुपर्छ ।’

रेशम चाैधरीका बुबा लालवीर चाैधरी पनि नाउपाका सांसद छन् ।

ranechhap