काठमाडौं । नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई कारबाही गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद अमनलाल मोदीले घुसको डिल गरेको अडिओमा मुछिएका एक जनालाई सरकारबाट हटाएर मात्रै नहुने बताए।
उनले भने, ‘एउटा मन्त्रीलाई मात्रै फिर्ता बोलाइएको छ। त्यहीसँग जोडिएको मन्त्रीहरूलाई न निलम्बन गरेको छ न कारबाही गरेको छ। त्यसबारे सरकारले जवाफ दिनुपर्छ।’
उनले निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन प्रधानमन्त्रीकै चासो रहेको भन्ने कुरा आइरहेको पनि बनाए। उनले शिक्षकहरूसँगको सहमति अनुसार शिक्षा विधेयक सरकारले नल्याएकोप्रति पनि आपत्ति जनाए।








































