वि.सं.२०८३ वैशाख १८ शुक्रवार

स्थानीय बजारमा तोलाको दुई लाख नजिक पुग्यो सुन, कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

महासंघले जारी गरेको मूल्य सूची अनुसार मंगलबारको तुलनामा सुन २१ सय रूपैयाँले बढेर एक लाख ९७ हजार ६ सय रूपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार २३ सय २० रूपैयाँ कारोबार भएको चाँदी बुधबार २३ सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४ सय २० डलर पुगेको छ। चाँदी प्रतिऔंस ३९ सय २६ डलर पुगेको छ।

ranechhap