वि.सं.२०८३ वैशाख ७ सोमवार

रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने ७ दलीय मोर्चाले गरो निर्णय

khanepani

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

‘यो सरकार संविधान संशोधनको नाममा गठन भएको छ । हामी सकारात्मक प्रगतिशील संविधान संशोधन हुन्छ र यसको लागि लोकतान्त्रिक मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरू संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरिएको छ,’ बैठकपछि मोर्चाका नेता वृषेश चन्द्र लालले जानकारी दिए ।

‘राज्य व्यवस्था समितिबाट पारित भएको निर्णयमा केरमेट, थपथाप, विभिन्न चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध हो, यो हाम्रो ठहर छ,’ उनले भने, ‘अपराधीलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्छ र संसदको मर्यादा कायम गर्नुपर्छ ।’

ranechhap