रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जनार्दन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिङका संचालक विपिनकुमार पाण्डेयलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
वडाअध्यक्ष यादवले वडामा संचालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको घुस रकम संचालक पाण्डेयले बुझेपछि घुससहित दुवै जनालाई नियन्त्रणमा लिइएको उनले जनाएका छन् ।









































