वि.सं.२०८३ वैशाख ७ सोमवार

वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

khanepani

काठमाडौँ । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासले वडाध्यक्ष अन्सारीसहित ७ जनालाई ज्येष्ठ नागरिक भत्ता अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ माघ ६ गते वडाध्यक्ष मकबुल मिया अन्सारी, तीन जना तत्कालीन वडा सचिव र तीन जना भत्ता बुझ्ने लाभग्राही विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अभियोग पत्र अनुसार वडाध्यक्ष अन्सारीसहितका प्रतिवादीले उमेरभन्दा बढी उमेर देखाएर ज्येष्ठ नागरिक भत्ता दिएको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो । उनीहरूले नागरिकताको प्रतिलिपिमा जन्म मिति केरमेट गरी विवरण पेस गरी राज्यलाई हानी नोक्सानी पुर्‍याएको अभियोग थियो ।

तत्कालीन वडा सचिवहरू राजारामप्रसाद साह, पिटर थारु र सङ्गीता घिमिरेले केरमेट भएको नागरिकता तथा नक्कली विवरणका आधारमा विद्युतीय अभिलेखमा प्रविष्ट गराई भत्ता वितरणमा सघाएको आरोप लागेको थियो ।

अख्तियारले वडाध्यक्ष अन्सारीसँग ४ लाख ७६ हजार रुपैयाँ, तत्कालीन वडा सचिव साहसँग २ लाख ५२ हजार, घिमिरेसँग १ लाख ४० हजार र थारुसँग ८४ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो ।

ranechhap