वि.सं.२०८३ वैशाख ३ बिहीवार

कांग्रेसले बोलायो पदाधिकारी बैठक

khanepani

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

ranechhap