वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सात संगठनको मोर्चालाई हराउँदै त्रिचन्द्र स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

khanepani

काठमाडौ । काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार गोविन्द कोइराला विजयी भएका छन्।

नेविसंघले यहाँ प्यानल नै जितेको नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले बताए।

उनका अनुसार २६७१ मत खसेकोमा कोइरालाले १२१५ मत ल्याएर अध्यक्ष जितेका हुन्। स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत ल्याए भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत ल्याएका छन्।

यहाँ नेविसंघविरूद्ध सात संगठनले मोर्चाबन्दी गरेर उम्मेदवारी दिएका थिए।

अनेरास्ववियु, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी) लगायत विद्यार्थी संगठनले भागबन्डा गरी उम्मेदवारी दिएका थिए।

६ वटा कम्युनिष्टघटक विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले मोर्चा गरेर नेविसंघविरूद्ध खडा भएका थिए।

नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले सात वटा संगठनको मोर्चालाई हराउँदै नेविसंघका कोइराला स्ववियु अध्यक्ष निर्वाचित भएको जानकारी दिए।

स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापानिकट हुन्।

ranechhap