वि.सं.२०८३ वैशाख १८ शुक्रवार

त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघका कोइराला विजयी

khanepani

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द्र कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भए ।

सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।

यस अघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।

ranechhap