वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कीर्तिपुरमा १५ सय शय्याको अतिविशिष्टिकृत अस्पताल बनाइने

khanepani

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १ हजार ५ सय शय्याको अतिविशिष्टिकृत सेवासहितको अस्पताल बन्ने भएको छ । महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालको विस्तारित स्वरुप कीर्तिपुरमा बनाउन लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले यो अस्पतालका लागि ३०० रोपनी जग्गा चाहिने अनुमान गरेको छ । सो जग्गामा मेडिकल सुपरस्पेसालिटी अतिविशिष्टिकृत केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्नेछन् ।

गत चैत २० गतेको मन्त्रिपरिषद बैठकले त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फ गाङ्खेलको ६० रोपनी जग्गा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम लाई दिने निर्णय गरेको छ ।

आईओएमकी डीन प्रा।डा। दिव्यासिंह शाहका अनुसार नेफ्रोलोजी मृगौला तथा युरोलोजी पिसाबसम्बन्धी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेस्यालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बनाउने योजना छ । ‘नयाँ संरचनाको लागि करीव २५० देखि ३०० रोपनी जग्गा चाहिन्छ, त्रिविकै अरु जग्गासमेत लिने छौं’ डा. शाहले भनिन् ।

नयाँ संरचनामा युरोलोजी र नेफ्रोलोजीबाहेक न्युरोसर्जरी नशासम्बन्धी, पल्मोनरी फोक्सोसम्बन्धी, कार्डियोलोजी मुटुसम्बन्धी, ग्यास्ट्रोलोजी पेटसम्बन्धीलगायतका विभिन्न विषयमा विशेषज्ञ सेवा सञ्चालन हुनेछ ।

महाराजगञ्ज स्थान अभाव भएका कारण सेवा विस्तार गर्न नसिकएको उनले बताइन् । ‘एक महिनाभित्र नक्सा डिजाइनसहितको डीपीआर तयार हुने र त्यसपछि अन्य काम अघि बढ्नेछडा. शाहले बताइन् ।

ranechhap