वि.सं.२०८३ साउन १९ मंगलवार

भारतले कोरोना भ्याक्सिनको निर्यात रोक्ने

khanepani

एजेन्सी । भारतले अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।

भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेको थियो।

पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने स्रोतलाई उल्लेख गर्दै द वायरले लेखेको छ। यसअघि नै अर्डर लिइसकेकाहरूलाई खोप दिने तर नयाँ अर्डर नलिने स्रोतले बताएको छ।

नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्। सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो। नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन। भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ।

ranechhap