काठमाडौ । जापान एयरलाइन्स जेएएलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आफ्नो खुद नाफामा भारी गिरावट आएको जानकारी दिएको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनामा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८०.२ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड येन करिब ३ करोड ४० लाख अमेरिकी डलरमा सीमित भएको छ ।
मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको उच्च वृद्धिलाई नाफा घट्नुको मुख्य कारण मानिएको छ ।
नाफामा उल्लेख्य गिरावट आए तापनि कम्पनीको कुल विक्री सेल्समा भने सुधार देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको विक्री ११.२ प्रतिशतले वृद्धि भई ५ खर्ब २३ अर्ब ७४ करोड येन पुगेको छ ।






































