वि.सं.२०८३ साउन १९ मंगलवार

सुनसरी घटनाका थप एक जना घाइतेको काठमाडौंमा उपचारका क्रममा मृत्यु

khanepani

काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मृत्यु भएको छ ।

२२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।

यस अघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।

रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको छ ।‌

ranechhap