वि.सं.२०८३ वैशाख १८ शुक्रवार

बुढाथोकिले खाए टेण्डर एक ठाउँमा, काम अर्कै ठाउँमा गरेर करोडौ रुपयाँ

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) इलोक्टोनिक मेकानिकल शाखाले सयौं पम्प जडान नियमविपरीत गरेर करोडौको भ्रष्टाचार गरेको छ ।
यस शाखामा शाखा प्रमुख युवा डाइनेमिक इन्जिनियर कृष्णहरी बुढाथोकि छन । उनले गरेका काम प्रायः विवादित नै हुने गरेका छन ।

केयूकेएलमा सबै भन्दा बढी बजेट भएको शाखा हो, मेकानिकल शाखा । यो शाखामा वार्षिक झण्डै ३० करोड हाराहारीमा बजेट रहेको छ । यस शाखाको अधिकांश बजेट काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बजेटबाट काम गरिन्छ । यो सिआईपीको कार्यक्रम अन्तरगत पर्दछ । काठमाडौं उपत्यका भित्र भूमिगत पानीको व्यवस्थापन र संचालनको काम यहि शाखाबाट हुने गरेको छ । उपत्यका भित्र खानेपानीका शाखाहरु भएपनि भूमिगत पानीको लागि कार्यक्रम बनाउने, टेण्डर गर्ने, काम लगाउने, मर्मतसम्भार गर्ने र नयाँ डिप टुयुवल जडान गर्ने काम यहि शाखाबाट हुर्दै आएको छ ।
यस शाखाको कार्यक्षेत्र अन्य शाखाहरुको भन्दा फरक र ठूलो रहेको छ । यस शाखामा बजेट पनि अन्य शाखाहरुको तुलनामा यस शाखामा चारगुना बढी रहेको छ ।
यो शाखा सिईओ बनाउने र हटाउने कार्यमा समेत आर्थिक कारणले प्रभावकारी शाखाको रुपमा केयूकेएलमा नाम कमाएको शाखा हो ।

पछिल्लो चार महिनामा यस शाखाले करिव ५ ठाउँमा डिप टुयुवल र पम्म जडानको काम गरेको छ । यी पाँचै ठाउँमा टेण्डर भएको भन्दा फरक ठाउँमा काम भएका छन । एक ठाउँको लागि टेण्डर गर्ने र अर्कै ठाउँमा काम गर्दा लगत स्टीमेडमा समेत फरक हुने र आर्थिक कारणले लाभ हुने हुदाँ बुढाथोकि प्रायः यस्तै किसिमका काम गर्न माहिर शाखा प्रमुख हुन ।
उनले गरेका कामको वारेमा मुख्य कार्यालयले कारण जान्न खोजेकोमा उनले मैले पाउने अधिकार प्रयोग गरेका हँु भन्ने ओठे जवाफ दिएको समाचार स्रोतले दावी गरेको छ ।
यहाँ गरेको कामको भुक्तानि समेत लगिसम्दा पनि विवादको अन्त भने भएको छैन ।

ranechhap