वि.सं.२०८३ भदौ ६ शनिवार

प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन टुटाए नयाँ ढंगले छलफल गर्न नेकपा एमाले तयार

khanepani

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको बताएको छ ।

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’

उनले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको पनि बताए ।

ranechhap