वि.सं.२०८३ असार १२ शुक्रवार

मुख्यमन्त्री कार्कीको आह्वान- नयाँ परिस्थिति बनिसक्यो, एकजुट भएर जनतासँगको बाचा पूरा गर्न लागौं

khanepani

काठमाडौं । कोशी प्रदेशसभाका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् । विश्वासको मत लिनुअघि प्रदेशसभाको बैठकमा बोल्दै परिवर्तन र संघीयतालाई आत्मसात गर्दै अगाडि बढ्न सबैको एकताबद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘संघीयता र गणतन्त्रलाई बचाउनेको लागि हामीले अठोट गर्नुपर्छ । सरकार बनाउने सबै धारा प्रयोग गर्दै हामी अन्तिम अवस्थामा आइपुगेका छौं । माननीयहरूले नयाँ प्रयोग गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ । मलाई विश्वास गर्नुभएकोप्रति म नमन गर्छु ।’

संविधानको भावनाअनुसार जनताको अधिकार स्थापित गर्नेतिर लाग्नुपर्ने उनले बताए ।

कार्कीले थपे, ‘यहाँहरूले दिएको विश्वास र जनताको बलिदानीलाई ध्यानमा राखेर म अगाडि बढ्छु । यो परिस्थितिमा नयाँ प्रारुप तय भएको छ । संघीय सरकार धारा ५ लाई प्रयोग भइसकेको छ । सर्वोच्चले पनि व्याख्या गरिसकेको छ ।’

उनले सबै मिलेर प्रदेशवासीसँग गरेको बाचा पूरा गर्ने समय आएको बताए ।

कार्कीले प्रदेशसभालाई जोगाउँदै मध्यावधिमा जानबाट रोक्न आफूलाई सबैले विश्वासको मत दिने बताए । प्रदेशको अधिकार प्रदेशसँगै हुने भएकाले आफ्नो निर्णय आफैंले गर्नुपर्ने उनको भनाइ छ ।

ranechhap