13, Nov, 2024

मधेश प्रदेश : हत्या अभियुक्त सांसद अनिरुद्ध सिंह यादवलाई अदालत लग्ने तयारी

Bagmati Voice
संवाददाता
१९ भाद्र २०८०, मंगलवार ०९:४१ | १ साल अगाडी

जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले अदालतले आज बिहान १० उपस्थित गराउन भनेको र अहिले लग्ने तयारी गरेको जानकारी दिए ।

१६ वर्ष अगाडी माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । उनको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् । पछि उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए ।

गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने आवाज उठिरहेको बेला सोही पार्टीका सांसद यादव पक्राउ पर्दा नेताहरू चकित परेका छन् ।

१९ भाद्र २०८०, मंगलवार ०९:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading