वि.सं.२०८३ असार १ सोमवार

राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने

khanepani

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि एक महिनासम्म राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको छ । साथै युवा संघले साउन १५ देखि भदौ १५ सम्म देशव्यापी रक्तदान अभियान सञ्चालन गर्ने तथा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

जेठ ३० र ३१ गते बसेको युवा संघ नेपालको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष महाराज गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी युवा संघले सातै प्रदेशमा विपद् व्यवस्थापन तालिम, ‘एक पालिका– एक उत्पादन कार्यक्रम, व्यापक तथा प्रत्यक्ष युवा संवाद कार्यक्रम तथा अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण प्रस्ताव तथा संगठनात्मक निर्णयहरू पारित गरेको छ ।

ranechhap