वि.सं.२०८३ वैशाख २६ शनिवार

पर्साबाट लागूऔषधसहित दुई जना नियन्त्रणमा

khanepani

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–११ सिमलटार स्थायी वतन भएका २० बर्षिय सागर घिमिरे र २३ बर्षिया पुजा जिम्बा छन् ।

एक यात्रुवाहक अटोमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पर्साबाट परिचालन गरिएको ड्रग्स डिटेक्सन ट्रेडको कुकुरले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम र सेतो हिरोईन जस्तो देखिने पदार्थ ०.३४ मिलिग्राम फेला पारेको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

ranechhap