काठमाडौ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले उर्जा क्षेत्रमा व्याप्त समस्या समाधानका लागि सरकारलाई सामूहिक रूपमा दबाब दिनुपर्ने बताए ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताए।
उर्जा क्षेत्रका जायज मागहरू सम्बोधन गराउन शक्ति प्रदर्शन र एकताको खाँचो रहेको बताए ।
आचार्यले विद्युत खरिद सम्झौता पीपीए र साधारण शेयर आईपीओ निष्कासनमा देखिएका ढिलाइप्रति आपत्ति प्रकट गरे ।
विगत दुई वर्षदेखि उर्जा कम्पनीहरूको आईपीओ प्रक्रिया अवरुद्ध भएको र नियमनकारी निकायमा नेतृत्व अभाव तथा कार्यक्षमताको कमीले गर्दा उद्यमीहरू ठूलो मर्कामा परेको उहाँले उल्लेख गरे ।
सरकारी कार्यशैलीको आलोचना गर्दै आचार्यले एकद्वार प्रणाली केवल कागजमा मात्रै सीमित भएको टिप्पणी गरे ।








































