जनकपुरधाम । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन् भने अन्य तीन जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार पक्राउ पर्नेमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका राजकिशोर महरा छन् । उनलाई ४५ हजार रुपैयाँ भन्दाबढी नगदसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।
पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीको टोली पुगेपछि महरासँगै रहेका अन्य तीन जना भने फरार छन् । प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ।
पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–४ का उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।







































