काठमाडौँ । नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी रहेको छ ।
पाटन उच्च अदालतमा न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । पछिल्लोपटक पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए ।
बलात्कार आरोपमा गत असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने कारागारमा छन् ।







































