वि.सं.२०८३ असार २१ आइतवार

राष्ट्र बैंक जति स्वायत्त भयो उतिनै अर्थतन्त्र बलियो हुन्छ: पूर्व गभर्नर अधिकारी

khanepani

काठमाडौं । पूर्व गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकलाई स्वायत्तरुपमा काम गर्न दिनुपर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै पूर्व गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंक जति स्वायत्त भयो, जति स्वतन्त्ररूपले उसले मौद्रिक नीति तयार पार्छ त्यति नै अर्थ मन्त्रालयलाई सहज हुन्छ र त्यतिनै अर्थतन्त्र बलियो हुन्छ । त्यसकारण अर्थ मन्त्रालयले निर्देशन दिने राष्ट्र बैंकले पालना नगर्ने स्थिति नहोस् । सकभर गाइडलाइनकारुपमा भनियोस् ।’

अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन भन्दैमा सबै पोलिसीहरु हटाउँदा भोली समस्या पर्न सक्ने उनले चेतावनी दिए । अधिकारीले भने, ‘अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन । लिक्युडिटी जति पनि छ । रेमिट्यान्स पनि आइरहेको छ भनेर सहजताको नाममा पोलिसीहरु हटाउनु हुँदैन । पछि बाउन्स ब्याक गर्नका लागि गाह्रो हुन्छ ।’

नेपालको अर्थतन्त्रको गतिविधि अनौठो रहनुमा निश्चित कारणहरू रहेको उनले बताए । पूर्व गभर्नर अधिकारीले भने, ‘समग्र आर्थिक गतिविधि र चलायमानको स्थिति अनौठो छ । हामीसँग यति धेरै तरलता छ, ब्याजदर निकै तल पुगिसकेको छ । र पनि कर्जाको माग घटिरहेको छ । यसो हुनुमा यस भित्रका निश्चित कारणहरू छन् । अनलाइन सप्लाइ, सपिङ इत्यादि पनि असर पारिरहेको छ ।’

कयौँ वर्ष लगाएर एउटा स्ट्याण्डर्ड प्राप्त गरिएका सिस्टमबाट ब्याक भइयो भने फेरि त्यहाँ पुग्न नसकिने उनको भनाई छ ।

ranechhap