वि.सं.२०८३ वैशाख २१ सोमवार

एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री

khanepani

काठमाडौं । शहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् ।

संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् ।

‘एमसीसीमा हाम्रा केही असहमति छन्,’ उनले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो संसद पनि हो । त्यही अनुसार एकीकृत समाजवादी टेबुल गर्न तयार भएको हो ।’

के संशोधन गर्ने भन्नेबारे अब सांसदकै हातमा आएको उनको भनाइ छ। झाँक्रीले भनिन्, ‘के कुरा संशोधन गर्ने भन्ने कुरा सांसदकै हातमा आएको छ।

ranechhap