वि.सं.२०८३ असार १८ बिहीवार

संचालकबीच भनाभनपछि इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर प्रक्रिया विफल

khanepani

काठमाडौं । सञ्चालकबीच भनाभन भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ ।

हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर टरेको हो । बैंक मर्जरसम्बन्धी विशेष प्रस्ताव पास गर्न ७५ प्रतिशत मत आवश्यक पर्छ । तर पारित भएन ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा बसेर मत हालेका छन् ।

बैंकका अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले हालकै अवस्थामा मर्जरमा गर्दा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउँदै मर्जरको विपक्षमा मत दिएका छन् ।

ranechhap