वि.सं.२०८३ जेठ ८ शुक्रवार

मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

khanepani

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष स्टलको उद्घाटन गर्दै उहाँले यस्तो बताए ।

एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराए । उहाँले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी चालकहरूलाई निर्देशन दिए ।

जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न उहाँले चालक तथा यात्री दुवैलाई अपिल गरे ।

ranechhap